Total Pageviews

Wednesday, March 13, 2024

HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024
काठमाण्डु - नवलपरासी 
DAY-1




0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि पर्यटन प्रवर्द्धनका लागि हुलाकी राईडिङ ट्रेलको नारा लिदै 14449 14505 20115 20165 20189 काठमाण्डुको धुवाँ र धुलोको झापट पखाल्नका लागि मञ्जु श्रीले हिडेका थुम्का बाट वाहिरियौ ।नुवाकोटको गुर्जे भञ्जयाङको फेदीमा अवस्थित थाना भञ्जयाङमा खाजा खायौ ।  

छहरे बाट मध्य पहाडी लोकमार्ग पच्छाउदा लिखु खोलाको पानीले वारिपारीका टारबारीहरुमा गहुँ र तोरी वारीले छरेको शौन्दर्य नियाल्दै गंगटे पुगेको पत्तोनै पाएनौ। गंगटे बाट पासाङ ल्हामु शेर्पा राजमार्गमा गुड्दै गर्दा त्रिशुली नदीको चिसो बतासको स्पर्श लिदै माझिटार पिपलटार कोल्पुटारका बस्तिहरु र गहुँ खेतीले भरिएका हरियायाली फाँटहरु नियाल्दै गल्छि पुग्यौ। गल्छिबाट पृथ्वीराजमार्गमा उपस्थित भएका धुवाँ र धुलो ओकलीरहेका सडकमाअत्याधिक गतिमा हुँईकिरहेका सवारीहरुको भिडभाँडलाई उछिन्दै बैरेनीको हामल्टे रिसोर्टमा कफी ब्रेक गर्यौ । 
1200Hrs देखि 1600Hrs सम्म मुग्लिन नायरायणघाट सडक खण्ड बन्द हुने भएकाले  1145Hrs मुग्लिन बजारमा पुग्यौ। मुग्लिन देखि फराकिलो र चिल्लो सडकमा गुड्दै नारायणी नदीको निलो पानी नियाल्दै नायरायण घाटको पक्की पुल तर्यौ। पुर्वी नवलपरासीको गैडाकोटमा खाना खायौ। महेन्द्र राजमार्गको सडक फराकिलो निर्माण कार्य भईरहेकाले गैडाकोट बाट धुलोको मुस्लो लाई फोड्दै फाँड्दै दाउन्नेको उकालोमा पुग्दा झन धुलोको बर्षा भित्र रुझ्दै बर्दधाटमा पुग्दा थकित र धुलाम्मे भएर पुग्यौ । हातमुख धुयौ ।   

बर्दधाटको त्रिवेणी चोकको लामा होटलमा चिया पियौ । राईडिङको थकानलाई लखेट्यौ । त्रिबेणीधाम जाने बाटो सोध्यौ। सुस्ता र नारायणी नदी लाई थुनेर राखेको बाँध नियाल्नका लागि हुटहुटी हुँदै गर्दा गहुँबारी तोरीबारी र उखुँबारीले त्रिबेणी बस्तिमा हरियालीले छोपेको देख्दा मख्ख भयौ। नारायणी नदीलाई छेकेर राखेको बाँध गण्डक ब्याँरेज पुग्दा सूर्यको किरण क्षितिजमा डुब्न लाग्दै थियो। 

डुब्न लागेको घामको मलिनो प्रकास र नारायणी नदी बाट उठेर आएको चिसो बतासको उपस्थितिले हाम्रो थकित ज्यानलाई फुरुङ बनाई दिन थाल्यो । पहिलो पटक गण्डक ब्याँरेज देख्दा बैराग र मन मुटु फतक्कै गलेर आएको थियो सवै जनालाई ।  हिमालको शिखर बाट पोखिएर आएको  नारायणीको  पानी भारतको बिहार तिर  सिंचाईका लागि लगेको देख्दा सबैका मष्तिष्कमा देशको सम्पति सुम्पने नेतालाई सराप्यौ ।  

नारायणी नदीको निलो साथै कञ्चन पानीले भरिएको बिशाल जलासयको शौन्दर्यमा रमाउदै भिडियो र तस्विर खिच्यौ । गोधुली साँझले बिदाई गर्न थाल्दै गर्दा भारत तर्फको भूभागमा बिजुली बत्तिको प्रकासले नारायणी नदीको पानीमा रोधी बस्न थाल्दाको दृष्य देख्न साथ तस्विर र भिडियो खिच्यौ। झम्के साँझको आगन संगै त्रिबेणीधाम बजारको होटल हेभनमा चेक ईन भयौ। बजार वरिपरी मसाजका साईनबोर्ड पनि देख्यौ । पृथ्बी र महेन्द्रराजमार्गका धुलो र धुवाँको थकाएको ज्याँनलाई नुहायौ र होटल हेभनको डाईनिङ टेवलमा रैथाने खान्कीको स्वाँद लिदै गफिदै बस्यौ । 

24FEB 2024
नवलपरासी -रुपन्देही- कपिलवस्तु- दाङ
DAY-2

होटल हेभन बाट 0700Hrs नारायणी नदीबाट उडेर आएको स्वच्छ बतास संग रमाउदै गण्डक ब्याँरेज तिर लाग्यौ । नारायणी नदीको पानी सबै खोसेर नेपाल बाट भारतको बिहार तर्फ लगेका नहरको ढिकमा बाईक राख्यौ । सूर्यको तंग्रेको प्रकासले नारायणी नदीको जलासयमा हामी जस्तो पाहुनालाई भिडियो र तस्विर खिच्न निम्ता दिन थाल्यो। सामुहिक तस्विर खिच्यौ। निलो र कञ्चन पानी सबै भारत तर्फ बगेर गएको देख्दा सबैका मन फतक गलेका देखिन्थ्यो । नारायणी नदी बाट उठदै गरेको चिसो बतासको स्पर्श लिदै गण्डक ब्याँरेजको ढोकाहरु दृष्यालोकन गर्दै भारतको सिमाना नजिक पुग्यौ । 

सुस्ता गाउको वतावरण देख्दा रुञ्जे स्वभावमा नियाल्न पाउदा हाम्रो आँखाका परेलीहरु रसाउन थाल्यो। सुस्ता गाउको प्राङ्गन तिर  राताम्मे सिमलको फूलले गाउको सोभामा बढाएका दृष्य देख्दा मन गौरवले फूलेको थियो । गण्डक ब्याँरेज बाट फुत्केर बगेको पानीमा माछा मरिरहेको देख्यौ तर नेपालको भूभागमा नारायणी जलासयमा माछा मार्न नपाईने भएकाले माछा मार्ने मान्छेहरु देखिदैन्थे । नेपालको पानी खोसेर लगेको नेपाली भूमिको नहरको छेवैमा खाजा घरहरु निक्कै देखिन्थे। गण्डक ब्याँरेज घुमेर फर्केर आउदा अडर गरि राखेको खाजा तयार भईसकेको थियो।  

त्रिवेणी बस्तिमा पुरै पहाडी मुलका नेपालीहरु देख्यौ। साहुनी दिदी संग यहि कुरा गर्दा उहाँले यता तिर सबै पहाडी मुलका नेपालीहरुको बसोबास भएको बताईन्। खाजा खाईसके पछि छेवैमा नेपालको भन्सार कार्यलय हुँदै नारायणी नदीको पानी थुनेर लगिएको नहर पछ्याँउदै परासी बजार पुग्नका लागि सोझियौ । परासी बजार देखि हुलाकी राजमार्ग वरिपरि आँखाले हेरि नभ्याउने गरि हरियाली गहुँ बारी र तोरीबारी फूलेर बसेको मनोरम वतारणले रतौली खेलेको दृष्यालोकनमा मस्त हुँदै गर्दा भैरहवाको देवकोटा चोकमा निस्क्यौ। सुनौली नाका हेर्न गयौ । 

सुनौली नाका नियाले पश्चात गौतम बुद्धको जन्म स्थान लुम्बिनी क्षेत्र घुम्यौ  । लुम्विनीको पर्सा चोकको उड क्याँफेमा खाना खायौ । लुम्विनीको पर्सा चोक देखि हुलाकी राजमार्ग समाउदै कपिलवस्तुको तौलिहवा हुँदै गौतम बुद्धको दरवार तिलौराकोटमा पुग्यौ । तिलौराकोट दरबार क्षेत्र दृष्यालोकन गरे पश्चात बहादुरगंञ्ज सम्म हुँईकदा हुलाकी राजमार्गका वरिपरि बस्तिहरुमा धेरै मस्जितहरु देख्न पायौ । 

तौलिहवा देखि बहादुरगंञ्ज सम्म गुडिरहदा पातलो बस्तिमा चौतर्फी गहुँ बारी र तोरीबारी फूलेर ढम्पक देख्न पाउदा आँखाको ज्योतिलाई पुरै फुर्तिलो बनाई रहेको थियो। बहादुरगंञ्ज देखि चनौटा तिर लाग्दा धेरै फ्याक्टी र बस्तिहरु देख्यौ । चनौटा बाट महेन्द्रराजमार्ग हुँदै भालुबाङको होटल पौवामा बास बस्यौ । सुविधा सम्मन्न होटलमा आजको आकर्षण भनेको  भारतको सिमाना नजिक को त्रिवेणीमा  पहाडी मुलका नेपालीको बस्ति र हुलाकी राजमार्गमा गुडि रहदा नेपाली भूमि बाँझो देख्न पाएनौ  गहुँ र तोरीको खेतीले ढाकेर बसेक फाँट हेर्न पायौ । कपिलवस्तुका बस्तिहरु प्रवेष भए पछि धेरै मस्जितहरु देख्यौ । आज हामीले देखेका फाँटरुहमा भविष्यमा प्लटिन देख्न नपोरोस भन्दै मध्यपानको चुस्की लिदै गफिदै बस्यौ । भालुवाङ बास पर्यो भने होटल पौवा रोज्नु होला ।

25 FEB 2024
दाङ- बाँके- बर्दिया
DAY-3

70KM प्रति घण्टाको  गतिमा महेन्द्र राजमार्गमा गुड्दै दाङको अमेलिया मा खाजा खाना रोकियौ। अमेलियाको चोकमा रातो रंगले छोपेर राखेको शालिक देख्यौ । किन छोपेर राखेको सालिक भन्दा खुम बहादुर खड्को सालिक रहेछ। भष्टाचारको अभियोगबाट जेल मुक्त भएका खुम बहादुर खड्काको सालिक माओवादीले उद्धघाटन गर्न नदिएको जानकारी पायौ । अमेलियामा घमाईलो घाम  ताप्दै खाजा खायौ। 

राजमार्ग सिधा भएकाले बाईकको गतिलाई अवरोध नपर्ने भएकाले सवारी चाप पनि नभएकाले अघैया चौकबाट सिक्टा सिचाई बाँध तिर लाग्यौ। नेपालको लगानी र नेपालको पानी नेपालको सिंचाईका लागि सदुपयोग गर्दा खुशीले छाती फराकिलो भयो। सबै जनाले भिडियो र तस्विर खिच्यौ । राप्ती नदीको कञ्चन पानी सिचाईका लागि नेपाली खेतीयोग्य तराईको जमिनका लागि बालिनालीलाई हरियाली बनाउको लागि नहरमा बगिरहेको पानीलाई  उत्सुक्ताका साथ हेर्यौ एक आपसमा खुशी साट्यौ। 

सिंटा सिचाई नहर हुँदै पुनः हुलाकी राजमार्ग तिर गुड्यौ। पुरै हरियाली गहुँबारी र तोरीबारी नियाल्दै गुडिरहदा मोज सबैलाई भईरहेको थियो। सालघारी र सिमिल घारी भित्र गुड्दै सिधानिया घाटको पक्कि पुल तर्दै गुड्दै गर्दा  नेपालगंञ्जको गहणा र मोतीले सजित कान्ति ताल देख्यौ। ताललाई एक चक्कर परिक्रमा लगायौ। तस्विर र भिडियो खिच्यौ । 

नेपालगंञ्जको बास पार्क हुँदै नेपाल र भारतको सिमाना रुपेडिया नाका हेर्यौ। नेपालगंञ्जमा खाना खाए पश्चात धम्बोझी चोक बाट बर्दियाको गुलेरिया तिर सोझियौ । खेती योग्य जमीनमा बाँझो कतै देखिन्थ्यो । बारीहरु सबैमा गहुँ बारी र तोरीबारीको हरियाली दृष्यमा आनन्दित हुँदै गुलेरिया बजार हुँदै कृष्णासार संरक्षित क्षेत्रमा गयौ। कृष्णासार चरिरहेका देखिन्थे। गोधुली साँझको आगमन संगै गुलेरिया बजारको बिजय होटलमा बास बस्यौ। साँझको खाना खादै गर्दा महावीर पुन संग भेटघाट भयो । उहाँ आफ्नो जीवन कथा पुस्तक बेच्दै आउनु भएको थियो। उहाँ संग छोटो कुरानी भयो । 20115 गुरुजीले हस्ताक्षर लिदै महाविर पुनको पुस्तक किन्नु भयो । गुलेरिया बजारको राम्रो होटल भनेको बिजय रहेछ ।

26FEB 2024
बर्दिया -कैलाली- कञ्चनपुर- डडेल्धुरा- डोटी
DAY-4

सूर्यको उषा नपोखिदै गुलेरिया बजारलाई छोड्दै हुलाकी राजमार्ग तिर गुड्यौ । हरियाली गहुँ बारीले छरेका चौतर्फी वतावरणमा मोहित हुँदै चिसो बिहानीले बाँडेको हर्षित पवन संग हुँईकिदै गर्दा कोठियाघाटमा पुग्यौ। १०१५मिटर लामो पक्की पुल कर्णाली नदीको भंगालोमा निर्मित रहेछ। कर्णाली नदीले छरेको स्वच्छ पवनले कलिलो बिहानीको रोमाञ्चकरी वतावरण देख्दा खुशीले अचम्मित हुन पुग्यौ। 

सूर्यको कलिलो उषाले पखेटा फिजाउदै गरेको देखिन्यो । जुन बिस्तारै अस्ताउदै गईरहेको देखिन्थ्यो। जुनको बिछोड र घामको उदयले गर्दा कर्णाली नदीले पनि खुशीले आफ्ना आँसु पोखाउनका लागि बियोगान्त दृष्यको रुपमा निरन्तर सेतो  वाफहरु नदीबाट उठिरहेको देखिन्थ्यो। तीन प्रकारका प्राकृतिक उपहार देखेर हामी त छक्कै पर्यौ । हाँस साथै अन्य चराचुरुङ्गीहरु बर्दिया निकुञ्ज तिर उडिरहेका र फर्किरहेका देखिन्थे । कोठियाघाटको लामो पक्की पुलमा बसेर स्वर्गिय पथ जस्तै लाग्ने गरि आनन्दित हुँदै बस्यौ । कर्णाली नदी शान्त स्वभावमा आफ्नै गतिमा बगिरहेको देखिन्थ्यो। कतै डल्फिनका हुलहरु देख्न पाईन्छ कि भन्दै एकोहोरिएर नियाल्यौ पनि तर चिसो मौसमले होला डल्फिनहरु पानीको गहिराईमा डुबिरहेका छन् होला भन्यौ। जति बसे पनि बसौ बसौ लाग्ने वतावरणमा करिव ३०मिनेट भुल्यौ । 

हुलाकी राजमार्गको दायाँ बायाँ पुरै खेतियोग्य जमिन बाँझो देखिएको देखिदैन्थ्यो। फाँटहरु र पाताला बस्तिहरु नियाल्दै अर्को कर्णालीको भंगालो सत्तियाघाटमा पुग्यौ । कोठियाघाटको पानीको बहाव भन्दा सत्तियाघाटमा कर्णालीको वहाव ठुलो देखिएता पनि कोठियाघाटको वतारण जस्तै मोज दिने खालको देखिएन। केहि क्षण तस्विर र भिडियो खिच्यौ । फाँटका बारीहरुमा उखुँका गह्राहरुले भरिएका देखिन्थे केहि ठाउमा काटेका उखु बारीलाई पोलेर कालै बनाएको देख्थ्यौ। गहुबारी उखुबारी र तोरी फूलेर पहेलै भएका फाँटहरु नियाल्दै धनगढी बजारमा पुग्यौ ।धनगढीबाट हुलाकी राजमार्ग बाट महेन्द्रराज मार्ग तिर गुड्ने योजना बनायौ । 

धनगढीमा खाना खाए पछि महेन्द्रराजमार्ग तिर गुड्दै कञ्चनपुरको दैजीमा पुग्यौ । दैजी चोकको बिनोद ताल नियाल्यौ ।  बेदकोट ताल हुँदै डडेलधुराको जोगबुढा पुग्ने जाने सडक स्थानियलाई सोध्यौ । बेदकोट ताल सडक को छेवैमा रहेकाले बेदकोट तालमा ३०मिनेट बितायौ । कच्ची सडकमा अनेकौ घुम्तिहरुलाई  पछाडी पार्दै लिपना डाँडामा पुग्यौ । लिपना डाँडा कञ्चनपुर र डडेल्धुराको सिमान रहेछ । 

लिपना डाँडा बाट जोगबुढाको बलेसीमा बग्ने रंगुन खोला देख्दा कति बेला पुगौ जस्तो मनमा उमंग खेल्न थाल्यो।  नौला गाउमा सख्खर र सख्खरको चिया खायौ । कच्ची सडकले उफारेको ज्याँनलाई सख्खरको स्वाँदले भगाई दियो । उँखुबारी पारी कान्तामा देखिन्थ्यो । डडेल्धुराको दक्षिण भेगका  रमाईला बस्तिहरु नियाल्दै पुन्तुरा खोला भेट्यौ। पुन्तुरा खोला वारी पारी बस्तिहरु देख्दा केहि क्षण तस्विर र भिडियो खिज्यौ । पुन्तुरा खोला लाई पछाडि राख्दै जोगबुढा बस्तिमा प्रवेष गर्दा हरियाली गहुँ बारीमा झारहरु उखेलि रहेका देख्यौ गाउलेहरु । 

जोगबुढा गाउलाई रंगुन खोलाले रंगिन बनाएको रहेछ। रंगुन खोलाको पानीको खुराकले गर्दा टारबारीहरु पुरै गहु र तोरीबारीले ढाकेका देख्यौ। मदन भण्डारी लोकमार्ग जोगबुढा गाउ हुँदै पारि देखिएको रुपाल गाउ अन्तिम हो तर  रुपाल गाउमा गएनौ।  जोगबुढा बस्ने योजना भएता पनि सुविधा युक्त होटल नभएकाले रात पर्नलाई एक घण्टा समय भएकोले गर्दा जोगबुढा बस्तिमा बस्ने योजनालाई रद्द गरि ३०किलोमिटर दुरीमा अवस्थित डोटीको बुडार तर्फ लाग्यौ । 

कञ्चपुरको दैजी देखि जोगबुढा ४१ किलो मिटर दुरी रहेछ । रंगुन खोला वारीपारीका मनोरम बस्ति साथै हरियाली गहुँबारी नियाल्दै  बुडारको होटल चाैतारी पुग्यौ । जोगबुढा देखि बुडार सम्म मदन भण्डारी लोकमार्गले छोएका गाउबस्ति हेर्न पाउदा खुशीले चौप्ट भयो भन्दै साँझको खाना खादै गफियौ । 

27 FEB 2024
डोटी -डडेल्धुरा- कैलाली- डोटी 
DAY-5

डोटीको बुडार बाट डडेल्धुरा हुँदै बैतडीको झुलाघाट पुगेर डडेल्धुरा आएर आजको बास बस्ने योजना भएकाले  बिहानको 0700Hrs गुड्यौ बुडार बाट । पानी पार्नका लागि आकासमा बादल सलबलाउदै गरेको देखिन्थ्यो। डडेल्धुराको भातकाँडामा बिहानी खाजा खायौ । कलिलो बिहानलाई पुरै छोपेर पानी पार्नका लागि बादल तयारी अवस्थामा देखिन्थ्यो। 

डडेल्धुरा बजारमा पुग्दा पानीले हाम्रो योजनाई बिफल बनाई दियो। बैतडीको झुलाघाट पुग्ने योजना रद्द बनायौ । डडेल्धुरा बाट बुडार सहजपुर हुँदै डोटीको सिमचौरमा बास बस्ने योजनाले फर्क्यौ डडेल्धुरा बाट ।डडेल्धुरा बाट फर्कदा पानीले झापट दिन थाल्यो । चिसो मौसमा कुस्ति खेल्दै बुडारमा आयौ । बुडारमा कफी पियौ ।  कैलालीको सहजपुर देखि मदन भण्डारी लोकमार्गमा गुड्दै ठुलीघाट खोला वारी कैलाली र पारी डोटीका हरियाली गहुबारी सालघारी र कतै नाङ्ग पर्वतमालहरु नियाल्दै विपी नगर बस्तिलाई जोड्ने ठुलीघाट खोलाको पक्की पुल तर्यौ । विपीनगर बस्ति बेसी साथै समथर टार बारी देख्यौ । रमाईलो बस्ति रहेछ विपी नगर । 

कैलालीको सहजपुर देखि डोटीको बडीकेदार गाउपालिकाको अत्तर डाँडा सम्म मदन भण्डारी लोकमार्ग फराकिलो र पिच भईसकेको सडक रहेछ। अत्तर डाँडा खण्ड तिर घनाबाङ्लो गुराँस घारी ज‌ंगल भेट्यौ । गुराँसका झ्याँङले हामीलाई तस्विर र भिडियो खिच्न निम्तो दिनाले ३०मिनेट भुल्यौ । अत्तर डाँडा बाट  ट्रयाक मात्र खोलिएकोले धुलाम्मे सडकमा गुड्दै साँझको 1800Hrs रन्तौला गाउमा आईपुग्यौ । 

सिमचौर नपुगिने हिसाबले उक्त गाउमा बास बस्ने योजना बनायौ। बडिकेदार गाउपालिका वडा कार्यलय नं ५ भवन नजिकै एक मात्र होमस्टे गुणस्तरको होटलमा बस्यौ। गोधुली साँझको आगमन संगै आगो ताप्दै कफी पिउदै बस्दै गर्दा भिम बोहरा जी संग चिनजान भयो । उहाँ ५ का वडा अध्यक्ष हुनुहुदो रहेछ । सिमचौर गाउ देखि सुर्खेतको बाड्डी चौर निस्कने सडकको ट्रयाक खोलि नसकेको जानकारी पायौ । 

सिमचौर हुँदै दिपायल निस्कने योजना बनायौ । रन्तौला गाउमा बिजुली बत्ति थिएन । सोलार पावरको प्रकासले  जुनकिरीले छरेको प्रकास जस्तै लाग्ने दृष्य चौतर्फी गाउबस्तिहरुमा देख्न पाउदा रमणिय सन्ध्याको आगनम भन्दै हामी हौसियौ । सवारी साधनको ध्वनी प्रदुर्षण बाट टाढा भएको डोटीको रन्तौला गाउमा  हुन पाउदा  हुलाकी राईडर समुह वाँह क्याँ रमाईलो क्षण भन्दै एक आपसम खुशी साट्दै गफियौ।  रन्तौला गाउको खोलाको फ्रेस असला माछाका साथमा स्थानिय उत्पादन भएको ताजा खानेकुरा खायौ । बिस्तारामा ढल्ने बित्तिकै कुम्भकर्णको मित भए छौ । 

28 FEB 2024
डोटी -अछाम
DAY-6

निलो आकास मुनि रन्तौला गाउको शिरमा अवस्थित बडिकेदार नाथको धाम बाट झरिरहेको स्वच्छ पवनको हुल साथै सिमचौर बाट कलिलो सूर्यको उषा मुस्कुराउदै आईरहेको प्रस्नन बिहानीमा कफीको सुर्का लगाउदै लजाउदै र लुक्दै बसेका बडिकेदार गाउपालिका भित्रका बस्तिहरु  नियाल्यौ । रन्तौला गाउमा उत्पादित रैथाने खाजाका परिकार खायौ। रन्तौला गाउबाट विदावरी हुन अगाडी बडीकेदार गाउपालिकाको वडा नं ५ को वडा कार्यलय भवनको प्राङ्गनमा रन्तौला गाउ घुम्न आउनु भएको मा धन्यवादा भन्नु हुँदै  वडा अध्यक्ष भिम बोहोर ज्यूले खादा लगाई दिनु भयो । भिम बोहोरा ज्यूलाई खादा र न्यानो आतिथ्यका लागि धन्यवाद भन्दै सिमचौर तिर लाग्यौ।

सिमचौर देखि सुर्खेत जोड्न मदनभण्डारी लोकमार्ग ट्रयाक नखोले पछि सिमचौर देखि दिपायल  हुँदै साँफेबगर आजको साँझको बास बस्ने योजनाले गुड्यौ । बोकटाम गाउपालिकाको वडा नं १ सिमचौर गाउमा पुग्यौ । सिमचौर गाउमा पेट्रोल भर्दै गर्दा  वडा अध्यक्ष खेम बहादुर मगर ज्यू संग परिचय भयो। उहाँले पनि हामीलाई उहाँको वडा नं १ को वडा कार्य कक्षमा लग्नु भई खादा र न्यानो आतिथ्य हामीलाई दिनु भयो। भविष्यमा फेरि भेट्ने आसा र हाम्रा लागि न्यानो आतिथ्यका‍ लागि धन्यवाद भन्दै छुटियौ । 

सिमचौर देखि डोटी दिपायलका लागि गुडिरहदा बडीकेदार गाउपालिकाको बस्तिहरुका बारीका कान्लाहरुलाई हरियाली गहुँबारीले मोहित र आकर्षित पार्ने दृष्य नियाल्दै धुलो उडाउदै हुईकिरहयौ । टुडाल खोलामा ढुंगा धेरै भएकाले बाईक तार्दा थाकेर लोथ भयौ । पत्थरखेतमा खाजा तयार हुँदै थियो। टुडाल खोलामा भिजेको जुत्ता र लुगा घाममा सुकायौ। नाङ्गो ज्यान लाई भुसुनाले चरक्क हुने गरि टोक्न थाल्यो। केहि क्षणमा चिलाउने र रातो फोका उठ्न थाल्यो सबैको ।  कस्तो खालको भुसुना हो यहाको भन्दै खाजा बनाउदै गरेको दाईलाई सोध्यौ। यता तिरको भुसुना खतरा खालको छ। कसैलाई त घाउनै बनाई दिने कुरा बताए ।  यस्तो कालो दाग हुन्छ भन्दै पाखुरा र खुट्टामा भएका दाग देखाए। 

हामीले बोकेको सुईचो दवाई दल्यौ। चिलाउन र रातो फोका उठ्न छोडयो । पत्थरखेतमा खाजा खाई सके पछि धुलो संग कुस्ति खेल्दै डोटीको वायल गाउमा पुग्यौ। गाउमा रमाईलो ठाउ रहेछ। वायलमा चिया पिउदै थकान भुलायौ। दिपायल पुग्दा दिउसो 1600Hrs भएकाले अछामको साँफेबगर तिर गुड्यौ। डोटी र अछामको  सिमना चौखुट्टे पुग्दा गोधुली साँझले बिदाई  गरि सकेको थियो। सन्ध्या संग  बाईकले छरेको प्रकास संग लुटपुट हुँदै छिप्पेको साँझमा साँफे बगरको साईनो होटलमा बास रोज्यौ । कालिजको भुटुवा संग साँझको खाना खायौ ।

29 FEB 2024
अछाम -दैलेख -सुर्खेत
DAY-7

सूर्यको उषा नतङ्ग्रिदै सेती नदीको सुस्केरा सुन्दै उक्लिदै गर्दा कलिलो सूर्यको उषा पाखा पखेरु तिर झर्दै गरेको देखिन्थ्यो। कैलास खोलाको फाँटमा अवस्थि जुनतारा खाजा घरमा कैलाश खोलाको फ्रेस असला माछा संग वाईवाईको सुप संग मिसाउदै घाम ताप्दै पेट अडिलो बनायौ । मंगलसेनमा पेट्रोल भर्यौ । मंगलसेन बाट गुड्दै गर्दा अपि र सैपाल हिमालको उपस्थिति मुस्कुराउदै बसेको देख्न साथ तस्विर र भिडियो खिच्यौ। 

मध्य पहाडी लोक मार्गमा अनेकौ घुम्ति र कुईनेटाहरुलाई छिचोल्दै दैलेख र अछामलाई जोड्ने राकम स्थित कर्णाली नदीको पक्की पुलमा अडियौ । तस्विर र भिडियो खिच्यौ।  कर्णाली राजमार्गका  धुलोको जुलुस भित्र पस्दै दैलेखको पाल्तडामा कर्णाली नदीको असला माछा संग खान्की खायौ । पेट अडिलो बनायौ । कर्णाली नदीको निलो पानी नियाल्दै गुड्दै तल्लो ढुंगेश्वरमा राईडिङको थाकान मेटाउनलाई कागती चिया पियौ । 

सुर्खेत निस्कनका लागि छोटो दुरी दैलेखको गुराँसे र राता नाङ्ला जाने सडक तिर गुड्यौ तल्लो डुंगेश्वर बाट । लोहोरे खोलाले फ्याँकेको स्वच्छ पवन संग बयली खेल्दै गुराँसेको थुम्कामा अवस्थित सुविधा समपन्न होटलमा कफीको सूर्का लगायौ। बिभिन्न सडकका कुईनेटाहरु छिचोल्दै सुर्खेतको दर्शन होटलमा बास रोज्यौ । मध्यपानको साथमा छिप्पेको साँझलाई कटायौ होटल दर्शनको टेवल बाट

01 March 2024
सुर्खेत -सल्यान -दाङ -प्यूठान
DAY-8

सुर्खेतको बुलबुले ताल दृष्यालोकन पश्चात सुर्खेतको उपत्यका बाट बिहानको 0700Hrs बाहिरियौ । छिञ्चुमा पुग्दा सूर्यको पारिलो ताप लिदै खाजा खायौ । भेरी नदीको सुस्केरा संग बयली खेल्दै बोटेचौरमा पुग्यौ । बाेटेचौर देखि मदन भण्डारी लोकमार्ग फराकिलो र पिच सडकमा अनैकौ घुम्तिहरु छिचोल्दै रमणिय गाउ बस्तिहरु नियाल्दै बिभिन्न खोचमा सङ्लो पानी बगेका खोलाहरु हेर्दै कतै पर्खाल लगाए जस्तै उभिएका पर्वतमालाहरुको आकृति  दृष्यालोकन गर्दै  सल्यान जिल्लाको कालीमाटी गाउपालिकाको रामनगर गाउमा प्रवेष  गर्यौ । 

रामनगर गाउको बिचमा शारादा नदीको कञ्चन पानी बगिरहेको दृष्यले हामी जस्ता घुम्तेका लागि तस्विर र भिडियो खिचेर कोशेली लिएर जानका लागि निम्दो दिन थाल्यो। हरियाली गहुँबारी र तोरी फूलेर ढपक्क ढाकेर बसेका टारबारीहरुको शौन्दर्यले उत्साहितको तरंग मडारिन थाल्यो हामीमा । रामपुर गाउको दृष्यले भविष्यमा बिभिन्न ऋतुअनुसार पुनः घुम्ने निम्तो जगायो भन्दै भिडियो र तस्विर खिच्यौ । वाँह क्याँ बेतोडको वतावरण रामपुर भन्दै रामपुरको वतावरण बाट छुटियौ । 

दाङको तुल्सीपुर हुँदै घोराही होटल मालामा खाना खायौ । दाङ घोराही बाट 20165 20189 गुरुजी हुलाकी राईडिङ टिम बाट काठमाण्डु आउनु पर्ने भएकाले 1300Hrs उहाँहरु लमही हुँदै महेन्द्रराजमा मार्ग तिर लाग्नु भयो । हामी ३ जना 14449 14505 20115 घोराहीको ट्राफिक चोक बाट दाङ प्युठान खण्डको मदन भण्डारी लोकमार्ग तिर  गुड्यौ। 

सिमेट कारखानाका लागि ढुंगा माटो बोकेर आईरहेका ट्रक र लिनका लागि खाली ट्रकहरुले उडाएको धुलोको बथान संग हंगमा गर्दै  १ घण्टा सम्म कुस्ति खेल्यौ । प्यूठानको चकचके लागि सोझिने क्रममा रमणिय गाउहरु डाँडा थुम्काहरु देखि नाङ्गा पर्वतमाहरु आँखाको नानी भित्र राख्दै प्युठानको अरुण खोलाको आडमै अवस्थित देविस्थान गाउमा आईपुग्यौ । राप्ती नदीलाई दाहिने बनाउदै चकचकेमा झिम्रुक खोलाको सुस्केरामा कफीको सुर्का लगायौ । जुम्री गाउको होटल आष्युमा बास बस्यौ । आँखाले हेरि भ्याउने जुम्री गाउ फराकिलो फाँट रहेछ। बिचमा झिम्रुक खोला बग्दो रहेछ ।

02 March 2024
प्यूठान- अर्घाखाँची- गुल्मी -पाल्पा
DAY-9

प्युठानको जुम्री गाउ बाट झिम्रुक खोलाको स्वच्छ पवनले धकाल्दै हामीलाई प्युठानको सदरमुकाम खंलगामा पुग्दा सूर्यको कलिलो उषालाई पानी पार्ने बादले छेकेर राखेको देखिन्थ्यो । खलंगाको बसपार्कमा चिसो वतावरणमा खाजा खायौ । अर्घाखाँचीको संन्धिखर्क पुग्ने सडक सोघ्दै संन्धिखर्क तर्फ सोझियौ। बिचमा गुड्दै गर्दा मेरो बाईले तान्न छोड्यो र धुलाम्मे सडकमा बल्ड्याक खाए । 14449 साहेवले उठाउ सहयोग गर्नु भयो बाईक । मेरो बाईक उकालोमा तान्न छोडे पछि २ घण्टा त्यहि ठाउमा बस्यौ । 20115 गुरुजी लाई संन्धिखर्क बजारमा खाना अडर गर्नका लागि अगाडि पठायौ । प्युठानको खलंगाबाट १ घण्टा ३०मिनेटमा संन्धिखर्क बजारमा पुग्यौ । 

शनिवार भएकाले संन्धिखर्क बजारमा चहलपहल देखिदैन्थ्यो। होटल साथीमा खाना खायौ ।संन्धिखर्क बाट तमघास नपुगि सिधै रिढी जाने सडक सोध्दै संन्घिखर्कको चिहान डाँडाबाट दाहिने लाग्यौ । मदन भण्डारी राजमार्गको सडक फराकिलो बनाईएको तर अझै पिच नभएकाले धुलो उडाउदै धमिराले उठाएको दिउल जस्तै लाग्ने बस्तिहरु नियाल्दै रिढी खोलामा आईपुग्यौ। गाउलेहरु खोलाका छेवैमा नुहाईरहेका र लुगा घुईरहेका देखिन्थे। रिढीखोला लाई पच्छाउदै पाल्पा र गुल्मी जोड्ने पक्की पुल रिढी बजारमा आईपुग्यौ । 

रिढी बजारमा कफि र पानी पियौ। रिढी बजार छोड्न अगाडि त्रिमुखे झोलुङ्गे पुल कालीगण्डीक नदीमा निर्मित हेर्न गयौ । बिचमा पहेलो रंगको खम्बाले निर्मित झोलुङ्गे पुलले स्याङ्जा गुल्मी र पाल्पाका  गाउहरुलाई जोड्ने माध्यम भएकाले उक्त पुलको तस्विर र भिडियो खिच्यौ । ऐतिहासिक महल रानीमहल र तानसेन जाने सूचना पाटी देख्यौ । पाल्पाको रामनगर पुग्ने आजको योजना भएकाले रानीमहल हेर्ने योजना भविष्यमा आउला  भन्दै अर्गौलीको फाँट नियाल्दै पाल्पाको तानसेन तिर सोझियौ । तानेसन बजारको शिर बाट रामपुर जाने बाटो सोध्दै आरे भञ्ज्याङ बजारमा पुग्यौ र कफि पिउदै राईडिङको थकान भुलायौ । 

पोखरा जाने सडकमा गुड्दै पाल्पाको पिपलडाँडा बाट पाल्पाको रामपुर जाने फराकिलो र चिल्लो सडकमा बाईको गतिलाई 70 किलो मिटर प्रतिघण्टामा बटार्यौ । कालीगण्डीको कहाली लाग्दो अक्कर फोडेर बनेको मदन भण्डारी लोकमार्ग बनेको देख्दा तस्विर र भिडियो खिच्नका लागि लोभ्यायो हामीलाई। कालीगण्डकी निलो रंगको रुपधारण गरि आफ्नै सुस्केरमा बगिरहेको दृष्य देखिन्थ्यो। 

अक्करको फराकिलो राजमार्गमा बाईकको गतिलाई बढाउदै रामपुरको बिशाल फाँटलाई नियाल्दै पुछारमा आफ्नै लयमा बग्दै गरेको कालीगण्डकीलाई पच्छ्याउदै होटल नमस्ते पाल्पामा बस्यौ । उक्त होटल राजमार्गबाट ३किलो मिटर भित्र पुरो बजारमा रहेछ। सुविधा युक्त होटलमा नुहाएर फ्रेस भयौ । हुलाकी राईडिङ ट्रेलको आज अन्तिम साँझ भएकाले मध्यपानको साथमा सितन खाँदै साँझको 2100Hrs सम्म गफियौ ।   

03 March 2024
पाल्पा -नवपरासी- चितवन -धादिङ- नुवाकोट- काठमाण्डु
DAY-10

पाल्पाको रामपुरको बस्तिमा कलिलो बिहानको रुप देख्न पाएनौ । पानी पार्ने बादलको हुलले आकासलाई ढाकेको देखिन्थ्यो क्षितिज सम्म। दिन ठुस्केको देखिन्थ्यो। हिड्ने बेलामा वतावरण रुन थाल्दै सिमसिम पानी पर्न थाल्यो । शुभसाईत भयो भन्दै चिसो बिहानी र सिमसिम पानीको वतावरणमा रमाउदै रामपुर देखि नवलपरासीको गैडाकोट सम्मको मदन भण्डारी लोकमार्ग तिर गुड्न थाल्यौ। स्याँउले गाउमा खाजाको लागि अडियौ । 

आगनकै छेवैमा कालीगण्डीले होहल्ला ननिकाली आफ्नै गतिमा बगिरहेको देखिन्थ्यो। पाल्पा र तनहु जोड्ने पक्की पुल निर्माण भईरहेको देखिन्थ्यो। पाल्पाको स्याउले बाट तनहुको भिमाद पुग्नलाई १घण्टा ३०मिनेट लाग्ने त्यस पछि भिमान देखि पृथ्बीराजमार्ग करिव ३०मिनेट पुग्ने कुरा स्थानिय बाट सुन्न पाईयो। कुनै दिन तनहुको भिमाद हुँदै पाल्पाको रामपुर आउने मनमनै योजना उब्जिन थाल्यो । स्याँउलेको ओसिलो बिहानीमा खाजाले पेट तातो बनाई नवलपरासीको गैडाकोट तिर सोझियौ । 

सिमसिम पानी परिरहेको थियो। मदन भण्डारी राजमार्गमा सवारी साधनहरु चुपचाप भएकाले हामी आफ्नै नीजि राजमार्ग हो भन्दै गुडिरहेका थियौ । पाल्पा र नवपरासीको सिमाना नजिकै आउदा अक्कर चिरेर बनेको राजमार्ग भेटिन थाले पछि तस्विर र भिडियो सम्झनाका लागि खिच्यौ । 14449 साहेबले अंग्रेजी गीत बजाउनु थाल्नु भयो र अंग्रेजी गीतमा नाच्न थाल्यौ । पानी पर्न छोडिसकेको थियो। कालिगण्डकी तल पुछारमा चेपीदै आफ्नै गतिमा बगिरहेको थियो। उक्त अक्करमा ३०मिनेट भुल्यौ । 

पर्खाल लाएजस्तै लाग्ने थुम्का छिचोल्दै चुरेको जंगल भित्र पस्दै महेन्द्र राजमार्गको नवलपरारीको कालीगण्डकी चोक गैडाकोटमा निस्क्यौ । गैडाकोटको नारायणी रिसोर्टमा कफीको दनक लगायौ । मुग्लिनमा खाना खाने योजनाले नारायणी नदीको पक्कीपुल तरि मुग्लिन तिर सोझीदै गर्दा दासढुंगा आईपुग्दा पानी पर्न थाल्यो । मुग्लिनमा खाना खाने योजना बदर गरी पानीले गर्दा दासढुंगामा खायौ । खाना खाईसक्दा पानी रहन थाल्यो । 

हर्षित मुद्रमा बगिरहेको नारायणी नदी नियाल्दै  मुग्लिनमा पुगेर कफीको सुर्का लगायौ। कफी पिए पश्चात 20115 गुरुजी गोर्खा बजार तिर लाग्नु भयो । 14449 14505 काठमाण्डु तिर लाग्यौ । फेरि भेटौला भन्दै ।

गल्छि बाट टोखा हुँदै काठमाण्डु निस्कने सडक तिर लाग्यौ। नुवाकोटको कल्पुटारमा कफी ब्रेक गर्यौ । त्रिशुली नदीको बतास संग टारबारीमा लगाईएका हरियाली गहुँ बारी नियाल्दै राईडिङको थकान भुलायौ । गंगटे बाट त्रिशुली नदीलाई पछाडि राख्दै लिखु खोलालाई अंगालोमा राख्दै छरहे बाट उक्लियौ । उक्लिदै गर्दा गुर्जेभञ्ज्याङ आईपुग्दा सिससिमेपानी र चिसो सिरेटोको हुलले खेदाउन थाल्यौ हामीलाई । टोखा बाट 14449 साहेव बुढानिलकंण्ठ तिर लाग्नु भयो म गंगाबु तिर सोझिए । 



Thursday, February 23, 2023

Stupa To Stupa 54KM Ultra Marathon Run (BLOGGING)



18Feb 2023

Stupa To Stupa 54KM Ultra Marathon Run BLOGGING,

मलाई स्तूपा टु स्तूपा रनको बारेमा केहि थाहा थिएन्। एक दिन,सन्ध्याको आगमन संगै फेसबुक प्रयोग गरि रहदा स्तूपा टु स्तूपा रजिष्ट्रेसनमा आँखा गयो। रनको नामले नजिक बाट तानि हाल्यो। तुरुन्तै रनका लागि रु२००० तिरी नाम दर्ता गरि हाले अनलाईन मार्फत । स्तूपा टु स्तूपा रन ५४ किलो मिटर अल्ट्रा म्याराथुन रनका लागि बिना तयारी रनको रौन्तकता लिने छटपटी साथै दगुर्नु पर्ने बाटो कस्ता छन् भन्ने जानकारी बिना दगुर्नमा हुटहुटीमा थिए म।  

18 Feb 2023को 0605Hrs स्तूपा टु स्तूपा ५४ किलो मिटर अल्ट्रा म्याराथुन स्वयम्भू स्तूपाको दक्षिणि भाग बाट फ्लयाँग आफ भयो। २१ किलो मिटर रनका सहभागीहरुले तालिपिट्दै हामीलाई बिदाई गरिरहेका थिए। उर्लदै गरेका मिरमिरे बिहानी संगै स्वयम्भूका थुम्का तिर बाट झर्दै गर्दा बाँदरका हुँलहरु बाटा वरिपरी टुसु टुसु बसेर झुलि रहेका देखिन्थे। हामी धावकहरु बाँदर उगिरहेका दृष्य नियाल्दै स्वयम्भू चोक बाट जामाचो गुम्बा तिर सोझियौ।मिरमिरे बिहानीको चिसो वतावरणलाई पन्छ्याउदै नागार्जुन नगर पालिकाका भित्रका च्याँउ जस्तै उम्रेका बस्तिहरुलाई छिचोल्दै नाकनै ठोक्किने पाखा भित्ताहरुका झार जंगल तिर सोझिदै उक्लिदै गए । नागार्जुनको थुम्का उक्लिदै गर्दा सूर्यको कलिलो उषालाई धुवाँ र धुलोको जुलुसले छेक्दै काठमाण्डु भ्याल्लीको वतावरण नियाल्दा बैराग र उराठ लाग्दो देखिन्थ्यो। मेरा लागि नयाँ रुट भएकाले जंगल भित्रको ठाडो उकालोका हाईकिङ रुटको ट्रयाकमा खुशीको ज्वाँरटाहरु संगाल्दै अन्य धावकहरुका पछि पछि त कतै उछिन्दै उक्लिदै थिए।स्वर्गिय राजा बिरेन्द्रको निजि जंगल नागार्जुन बनजंगल पछि राष्ट्रिय करण भए पछि शिवपुरी नागार्जुन निकुञ्ज भित्र का विश्व स्तरिय वतावरण मैत्री भएको काठमाण्डु नजिकै हाईकिङ ट्रयाक रहेछ भन्दै मनमनै सोच्दै जामाचो थुम्काको गुम्बा तिर उक्लिदै थिए। हर्षित र बडो आनन्दित हुँदै पहिलो चेक पोईन्ट जामाचो गुम्बा कस्तो होला भन्दै उत्सुक्ताका साथ उक्लिनमा हतारो थियो मलाई।  

जामाचो गुम्बा  उक्लिदै गर्दा धावकहरुको फोक्सोमा अक्सिजन सकेकाले सबैका साँस स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै नागार्जुन जंगलले उत्पादन गरेका अक्सिजनको हुलले धावकका फोक्सोलाई सापटी दिईरहेको थियो। पहिलो चेक पोईन्ट जामाचो गुम्बा पुग्दा सूर्यको प्रकास नागार्जुन जंगल वरिपरि उपस्थित भएर धावकहरुका लागि खुशी साँटासाट गर्दै पखेटा फिजाउदै गरिरहेको देखिन्थ्यो । थुम्का बाट उपत्यकाको रहर लाग्दा दृष्यलाई धुलो र धुवाँले उपत्यकाको सौन्दर्यलाई कोतरी कु‍रुप गरि रहेको देखिन्थ्यो। जामाचो थुम्का वरिपरी स्वच्छ वतावरण मा रमाउदै पसिना र हल्का थकान मेटाउदै केरा र पानी पिए। जामाचो थुम्का उक्लिएको पहिलो पटक थियो। जामाचो गुम्बा यस्तो सुन्दर स्थानमा निर्मित मलाई थाहा थिएन्। खुशीले एक्लै बुर्कुसी मारि दिए । जामाचो गुम्बामा करिव ३मिनेट बसे। 

जामाचो गुम्बा बाट बाटो ओरालो र तेस्रो ट्रयाकमा कुदि रहदा स्वर्गिय राजा बिरेन्द्रलाई सम्झिदै राजाको निजी  जंगल भित्रको उर्लदै आएको स्वच्छ पवन र शान्त वतावरणमा रमाउदै अल्ट्रा म्याराथुन रनका लागि एक दमै विश्व स्तरिय ट्रयाक रहेछ  भन्दै मनमन राख्दै नागार्जुन जंगलको ट्रयाकको सौन्दर्यले मलाई झनै नजिक बाट लोभ्याईरहेको थियो। बाटामा कलकल गर्दै पानी बगेको आवाज सुनिन्थ्यो। ती पानीलाई राजधानी भित्र ल्याउनका लागि पाईपका मुठ्ठाहरु जंगल भित्र पछारि रहेका देखिन्थे। चराचुरुङ्गीको चिरबिर आवाज सुन्दै नागार्जुन जंगल भित्रका अनेकौ घुम्तिहरुमा रमाउदै स्वदेशी तथा बिदेशी धावकहरु संग गफिदै जगिङ गर्दै ओर्लदै थिए। निलो आकास बाट झरेको सूर्यको प्रकासलाई नागार्जुन जंगलको हागाहरुले प्रवेष गर्न नदिनका लागि लुकामारी गर्दा देखिने लोभ लाग्दो नाटकिय वतारणमा लोभिदै नागबेली आकृतिका गोरेटा बाटामा कुदि रहदा  त्रिशुली राजमार्गको दलानमा आईपुगे। मुड्खु गाउ जाने संकेत तिर पच्छाउदै लागे।

दोस्रो चेक पोईन्ट २१ किलो मिटरको समाप्ती बिन्दु मुड्खु गाउको भञ्ज्याङमा पुगे। पारिलो घामको न्यानो प्रकासले वतावरणलाई रंगीन बनाई रहेको देखिन्थ्यो। २१किलो मिटर दुरी पार गरेको खुशीको गदगद संगै केरा बिस्कुट र पानी खाए। २१ किलो मिटरका धावकहरु समाप्तिका मेडल लगाउदै तस्विर र भिडियो खिचिरहेका देखिन्थे। मुड्खु गाउका गल्लि र पाखा तिर चाहार्दै कतै धुलो उडाउदै अनि घामले रापेका फुस्रा पाखा कान्ला तिर हाम फाल्दै सुकेका पतकर गोडमेल गर्दै बिभिन्न डाँडा काडा चाहार्दै तिनपिप्ले भञ्ज्याङको पानी बिन्दुमा पानी पिए र मुख धुए। तिनपिप्ले भञ्ज्याङ देखि  नाकै भाचिने नाकै ठोकिने सिढी संग कुस्ति खेल्दै उक्किलदै गर्दा फोक्सोमा अक्सिजन रित्तिएको जस्तै हुँदै गर्दा तारकेश्वर महादेव मन्दिर प्रवेष बिन्दु साथै निकुञ्ज प्रवेष द्बरमा पुग्दा शिव रात्री पर्व भएकाले दर्शनार्थीहरु र भक्तालुहरुको बाग्लै उपस्थिति बाटामा भेटिए।  

निकुञ्ज भित्रको स्वच्च वतावरण र छाहारी संग लुकमारी गर्दै दगुरि रहदा चिसो ‍र कलकल गर्दै बगेका कञ्चन पानी पिउदै २८किलो मिटर दगुरि सक्दा छेपारी दुःखन थाल्यो। दुःखेका ठाउमा मालीसको दवाई लगाई रहदा एक जना धावक मित्रले दाई ठिक छ भने। म ठिक छु भने। उहाँ संग कुराकानी गर्दै जगीङ वाकिङ गर्ने क्रममा हाफ फूल गरि उहाँले म्याराथुन जम्मा ३६ पटक कुदेको अनुभव सुनाए। स्तूपा टु स्तूपा रनका लागि पहिलो अनुभव बताए। आज दगुरी सके पछि रात्री बस चढी काँकडभिता जाने सुनाए। उनी भारतको सिलगुढी निवासी धावक थिए। साँच्चै अल्ट्रा माराथुन रनको लागि शिवपुरी निकुञ्जच विश्व स्तरिय ट्रयाक रहेछ उनले बताए मैले पनि सहमति जनाए।

तेस्रो चेक पोईन्ट ३१.८ किलो मिटर गुर्जे भञ्ज्याङ आई पुग्दा पारिलो घामको प्रकासले वतावरणलाई चुम्वन दिदै न्यानो बनाएको थियो। धावकहरु केरा बिस्कुट पावर वार सुन्ताला खाई रहेका थिए। छेपारी र गोलीगाँठो दुःखेको ठाउमा मुभ स्प्रे लगाए मैले। अन्य धावकहरुले पनि स्प्रे लगाई रहेका थिए। दुःखाई कम हुँदै थियो साथमा सुन्तला केरा पावर बार र पानी पिए। वनजंगलले फ्याँकेको स्वच्छ अक्सिजन र छाँहारी भित्रको ट्रयाकमा भारतिय धावक संग गफिदै साँझको ५ बजे रन समाप्त गर्ने कुरा गर्दै जगिङ वाकिङ गर्दै रुटलाई छोटो पारि रहेका थियौ ।

उतिस घारी बाट निस्केको जरुवा पानी पिउदै स्वच्च वायू लिदै चौथो चेक पोईन्ट ३७.१ किलो मिटर  डाँडा गाउमा पुग्यौ। पानी केरा र चना खानाको सुविधा रहेछ। घाम ताप्दै दुःखाई र थकाई भुलाउदै चना खाए।  छेवैमा निकुञ्जको सुरक्षा चेक पोष्ट थियो। वाईकिङ र हाईकिङ गर्ने वालाहरु चेक ईन गरि रहेका थिए। चना खान्की खाई सके पछि खकुलो पेट डम्म भयो। ताग्द ह्वात्तै बढी रहेको थियो। छेपारी दुःखाईका कारणले दगुर्न मन लागि रहेको थिएन्। भारतिय धावक संग गफ गर्दै कहिले जगिङ धेरै जसो वाकिङ  गर्दै दुरी पार गरि रहेका थियौ। सिरसिरे वतास संगै दोहोरी खेल्दै  रनको ट्रयाकमा  दुःखाई भएता पनि खुशी हुँदै गन्तब्य तिर हिड्दै गरिरहदा सोलु खुम्बु निवासी राई भाई हामी संग जोडिए। रनमा ३ जना संगै वाकिङ जगिङ गर्दै पाँचौ चेक पोईन्ट नागी गुम्बा ४५.४ किलो मिटर छिचौल्यौ। पानी र केरा संग बसेर खायौ। केहि क्षण थकान भुलाउदै गर्दा भारतिय धावक साथी लु लाग्यौ भन्दै उक्लिए। म र राई भाई हुन्छ भन्दै थकान भुलाउदै केहि क्षण बस्यौ। नागी गुम्बा बाट भारतिय धावक संग  बिछोडियौ। एक छिनको आराम गर्दा ति भारतियले हामीलाई धेरै छोडि सकेको रहेछ। रनको बाटो भुलेर  तारेभिर गाउ तर्फ पुग्यौ । कपन गुम्बा जाने बाटो सोध्दै तारे भिर गाउ बाट हुतियौ कपन  गुम्बा तर्फ।

थानडाँडाका एक नासले हुर्किएका सल्लाघारी भित्रका पाखा तिर सल्लेपिरका पिर्का बनाए जस्तै गरि युगल जोडीहरु भावना साटा साट गरि रहेका देखिन्थे। जंगलतिर बरालिन आएका ठिटा ठिटीहरुका लागि खानपिनका लागि जटपटे पानी पुरीका दोकान  थापेर बसेका देखिन्थे ब्यापारीहरु। शिव रात्री भएकाले युवाहरुको समुह गाँजा खादै धुवाँ उडाई रहेका देखिन्थे।जगडोल हाईकिङ बिन्दुको फेद सम्म पुरै ओरालो बाटोमा भएकाले तालिम बिना अल्ट्रा म्याराथुन रनमा सहभागी जनाउदा फेदीमा आईपुग्दा छेपारी र औ‌लाहरुको दुःखाई चौप्ट भईरहेको थियो। जगडोलको धुलो खाँदै निजामती सहिद स्मृति भवन को चौवाटो मा आईपुग्यौ। रनिङको बाटोका लागि कुनै संकते देखेनौ। कपन गुम्बा जाने बाटो सोध्यौ । कपन गुम्बामा रनको अन्तिम चेक पोईन्ट थियो। 

सोध्दै खोज्दै कपन गुम्बा पुग्यौ। कपन गुम्वाको आडमै छैटो चेक पोष्ट ५१.५ किलो मिटरको बिन्दुमा पुग्यौ। केरा र पानी पियौ। रोड मार्सल भाई र  रेसको फोटो ग्राफर भाईले अव आईपुग्यो आजको फिनिसिङ पोईन्ट केवल साँढे तीन किलो मिटर भन्दै हामीलाई हौसाए। राई भाई र मलाई दगुर्ने जाँगर चलेको थिएन। थाकेर ज्याँन हैलम्फू भईरहेको बेलामा रामबजारको धुलो र धुवाँ संग कुस्ति खेल्दै बिदेशी धावक जगिङ  गर्दै हामीलाई उछिने। उनीलाई पच्छाउदै बौद्ध स्तूपालाई एक चक्कर लगाउदै उनी संगै स्तूपा टु स्तूपा रनको समाप्ति बिन्दुमा पुग्यौ।

गोधुली साँझलाई बिदाई गर्दै उर्लदै गरेको साँझको 1742Hrs फिनिसिङ पोईन्टमा तिनै जनाले रनको फिनिसिङ लाईनमा हात मिलायौ।बुद्धधर्मालम्बिहरु स्तुपालाई चक्कर लगाई रहेका देखिन्थे।५४किलोमिटर फिनिसरको  मेडल लगाई दिईन एक जना बहिनीले, एक आपसमा खुशी बाँड्यौ। स्तूपा टु स्तूपा रनका परिकल्पना मिरा राई संग  भिडियो ब्लगिङ गर्ने मौका पाए मैले।  

अन्त्यमा स्तूपा टु स्तूपा रनको रुट देखि पानी पिउने बिन्दुमा पानी केरा बिस्कुट र खान्की एथेष्ट पुग्ने सुविधा  थियो। अर्को साल पनि कुदने योजना लिएको छु। 

 

 

 

 

 

 

Saturday, August 6, 2022

LIBJU MOUNTAIN BIKE TRAIL २९ माघ २०७८


मानेभञ्ज्याङ साईकल टोली लिब्जु उपो धाम मा सामुहिक तस्विर  

लिब्जु उपो धाम मानेभञ्ज्याङ गाउपालिकाको सबै भन्दा अग्लो थुम्का हो। सामुन्द्रिक सतह बाट १९०५मिटर उचाईमा रहेको छ। लिब्जु उपो धार्मिक स्थल हो।लिब्जु उपो धामको नाम बाट लिब्जु साईकल ट्रेलको आराम्भ गर्ने शोच साथै स्वास्थय रहनु अनि पर्यटन प्रवन्धलाई टेवा दिने सोचले लिब्जु ट्रेल आयोजना गरका हौ। मानेभञ्ज्याङ साईकल टोलीले।

लिब्जु ट्रेलका लागि कुमार मगर भाईले २दिन अगाडि देखि १४ वटा साईकल सर्भिसिङ गरेका थिए। आङगुस राई कुमार मगर भाईलाई लिब्जु ट्रेलका लागि तिथि मिति तय गर्नका लागि मैले भनेको थिए। लिब्जु ट्रेलको शुभ साईत आङगुस भाईले माघ २९ गते २०७८ शनिवारको दिन हुने बताए। उक्त दिन कहिले आउला भन्दै साईकल टोली हुटहुटीमा देखिन्थे ।लिब्जु ट्रेलको लागि मानेभञ्ज्याङको अडिमर्दन चोक बाट बालेथाम कोल्टार बौद्धडाँडा लिब्बु उपोलाई दर्शन पश्चात ढ्वाँकुम चोकमा  खाजा त्यस पछि फकुल रिकदुम पशुबगर हुँदै जयरामघाटमा खाना त्यस पछि तल्लो र माथिल्लो रिचुवा गाउ हुँदै मानेभञ्ज्याङमा लिब्जु ट्रेल समाप्त हुने योजना बनेको थियो। लिब्जु ट्रेलको टिसर्ट कुमार मगर भाईले काठमाण्डु बाट प्रिन्ट गरि ल्याएका थिए। लिब्जु ट्रेलका लागि हरेक ब्याक्ति बाट नेपाली रु १५०० उठाएको थियो।


अडिमर्दन चोकमा आङ्गुस भाई प्रफुल्लित मुद्रामा

सूर्यको प्रकाश भुईमा पोखि सक्दा पनि मानेभञ्ज्याङको अडिमर्दन चोकमा चिसो हावाको स्पर्स छदै थियो।लिब्जु ट्रेलका लागि शुरु हुन अगाडि सामुहिक तस्विर साथै फेसबुक लाईभमा हाजिर भयौ। ९ बजे अडिमर्दन चोक बाट १४ जना साईकल यात्रीले आफ्ना आफ्ना साईकल चढ्दै शिद्धिचरण राजमार्ग तिर लागे। चोकमा उपस्थित टोलबासीले आफ्ना आफ्ना मोबाईलमा भिडियो फोटो खिच्दै गरेका देखिन्थे। शुभयात्रा भन्दै ताली पिट्ने देखि हात हल्लाउदै गरेका देखिन्थे। मानेभञ्ज्याङ पुलिस ठानाका सही साहेवले पनि ट्रेलको जानकारी ओखल्ढुंगा जिल्ला प्रहरी प्रसासनमा जानकारी दिनका लागि लिब्जु ट्रेलको सहभागी आङगुस राई भाई संग जानकारी लिएका थिए।



उकालो घुम्तिमा साईकल कुदाउदै कुनै स्थानमा डोराउदै फेसबुक लाईभ गर्दै मानेभञ्ज्याङ साईकल टोली अक्सली पार्कको फेदीमा पुग्दा घामको प्रकास पाखा पखेरु तिर फिजी सकेको देखिन्थ्यो। बलबहादुर ग्रामिण सडक धिमिले जाने चोकमा पानी पिउदै र थकान भुलाउदै गर्दा फोटो भिडियो खिच्यौ। बालेथामको कुईनेटामा पुग्दा निलो आकस मुनि क्षितिज संग मुस्कुराउदै बसेको देखिन्थे नुम्बुर हिमपर्वत मालाको लस्कर। हर्षको उन्माद छर्दै मानेभञ्ज्याङ साईकल टोली घिमिलेको किवि फार्मको आडैमा भएको खाजा घरमा  किवि र डालमुट खादै खुशीका तरंग साट्यौ। ज्याँदै स्वाँदिष्ठ किवि थियो। करिव १५मिनेट बिस्राम पश्चात साईकल टोलीको जोस र खुशीको उमंगको उत्सकर्ष संगै कोल्टार तिर सोझियौ। सिद्धिचरण राजमार्गमा आनन्दि हुँदै साईकल गुडाउदै गर्दा बेला बखतमा सवारी साधनले खुशीको  ज्वाँभाटा लाई खल्बलाउथे। कोल्टार गाउमा साईकलको लस्सकर देखेर गाउलेहरुले रमिता हेर्नका लागि आगनबाट निस्कदै छक्क पर्दै हेरिरहेका देख्यौ।


थकान मेटाउदै बल बहादुर समाबेशी ग्रामिण सडक चोकमा

बौद्ध डाँडामा थकान मेटाउदै लिब्जु उपोको शिर उच्च हुँदै बसेको दृष्य नियाल्दै १०मिनेट बस्यौ। त्यस पछि सिद्धिचरण राजमार्गलाई बिदाई गर्दै ऊबु गाउ जाने बाईरोडको बाटोमा फुस फुस धुँलो उडाउदै  साईकल गुडाउनुको मज्जा बिछ्टैको थियो। बाटो ओरालो भएकाले बौद्ध डाँडा बाट लिब्जु उपो धामको फेदीमा १०मिनेटमा पुग्यौ । फेदीमा पुग्नका लागि घुरेन बारीमा गहुँ र तोरीबारीले यात्रामा थप रौनक्ता थपी दिएको थियो। बारीमा काम गर्दै गरेका गाउलेहरु साईकलको ताती देखेर छक्क पर्दै हामीलाई हेरिरहेका देखिन्थ्यो।

लिब्जु उपो धामको फेदीमा साईकल राख्यौ। उपोलाई दर्शनका लागि सिधै उकालो बाटो भएता पनि ब्यावस्थित सिढी र रेलिङ निमार्ण गरेका रहेछ। आङगुस राई भाई बाहेक हाम्रो लिब्जु उपो पहिलो पटक दर्शनका लागि उक्लिदै थियौ। मानेभञ्ज्याङ देखि सधै मुस्कुराउदै बसेको उपोलाई नजिक बाट दर्शन गर्नमा सबैमा हुटहुटी देखिन्थ्यो। कटुस र गुराँस घारीको स्वच्छ र चिसो बतासको स्पर्स लिदै सिढी र रेलिङ समाउदै लिब्जु धाम पुग्नका लागि साईकल टोलीको हसिलो मुद्रा देखिन्थे । उक्लिदै गर्दा चराचुरुङ्गी अवाजले थप सुन्दरतामा रंग भरेको जस्तो लाग्दथ्यो।उक्लिदै गर्दा बन्यजन्तु र चराचुरुङ्गीको फोटो कटुसको रुखमा टाँगेको देखिन्थ्यो। कटुसघारीको प्वाँल बाट उक्लदाको थकान मेटाउने प्रयास गर्दा आँखाको ज्योती भरी ऊबुँ गाउको रहर लाग्दो बस्ति देखिन्थ्यो। २५मिनेटमा लिब्जु उपो धाममा पुग्यौ। आङगुस भाईलाई भने सक्नेलाई २० मिनेट र हिड्न नसक्नेलाई कम्तिमा ४०मिनेटमा लिब्जु उपो धाम उक्लि सकिने रहेछ सुनाए। सबैले दर्शनका लागि दान भेटी अछेता र धुप बत्ती बाल्दै घण्टी बजाउदै दर्शन गर्यौ। दर्शन पश्चात सामुहिक तस्विर साथै फेसबुक लाईभ गर्यौ पनि। लिब्जु उपो हाईकिङका लागि पनि उपयुक्त स्थान रहेछ।

लिब्चु उपो  दर्शन पश्चात बाटो पुरै ओरालो भएकाले बुङ बुङ धुलो उडाउदै पत्तो नपाई  ढ्वाँकुङ चोकमा पुग्यौ। चोकमा भएका गाउलेहरु पनि आस्चर्य हुँदै हामीलाई हेरेको देख्यौ। साईकल राख्दै ओरालोमा हात दुःख्यो कसैले झण्डै लडियो भन्दै थकान र खकुलो पेट भई सकेकाले खाजा घरको मेचमा बस्दै आफ्ना अनुभव सुनाउ थाले।


दुधकोशीमा आराम साथै अन्य मित्रहरुलाई पर्खदै

खाजा वाई  वाई पाक्दै थियो। आङगुस राई भाईले भैसीको दुध ग्लास र उसीनेको सुठनी थाल थालमा ल्याए। भोकको जोसमा सबैले ड्याम्की ड्याम लडाउन थाले। तातो तातो भैसीको दुध संग सुठनीको स्वाँदले सबै जना खुशीका साथ खाजा खाईरहेका देखिन्थे। ढ्वाँङकुङ चोकको शान्त वतावरणमा न्यानो र पारिलो घामको प्रकाशले पखेटा फिजाई सकेको थियो। सल्लाको मुढा राखेकाले घाम ताप्दै थकान भुलाउन थाल्यौ। आधा पेटलाई भरि बनायौ वाई वाईले।

ढ्वाँङकुङ चोकलाई पछाडि राख्दै साहुनीलाई धन्यवाद दिदै सलेवा पार्क तिर साईलको पाङग्रा सोझायौ। सलेवा पार्कको शौन्दर्यले मानेभञ्ज्याङ साईकल टोली वरिपरी साईकलमा फन्को मार्न थाले । कोहि फोटो र भिडियो फेसबुक लाई गर्न थाले। पार्कमा सामुहिक तस्विर खिच्यौ। लिब्जु उपोले सिधै माथी बाट हाम्रो चर्तिकला मुस्कुराउदै नियाली रहेको जस्तो लाग्थ्यो। गाउका युवा युवतीहरु पनि चकित पर्दै कहाँ देखि आउनु भएको भन्दै सोध्न थाले। मानेभञ्ज्याङ बाट आएका भन्दै उत्तर दिन्थे। करिव १०मिनेटको पार्कमा बस्यौ। घडि हेर्दा दिउसोको २ बजेको थियो।

सलेवा पार्क देखि बाटो पुरै ओरालो भएकाले साईकल बुरुक बुरुक उफार्दै फुङ फुङ धुलो उडाउदै म र आङगुस भाईले कान्ला तिर हाम फाल्दै गरेको जस्तो तरिकाले झर्दा साथीहरु पछाडि छोडिसकेको थियो। फोकुलको न्यानो वतारणमा पर्खदै बस्यौ साथीहरुलाई।  बाईरोडको बाटोमा साईकल कसरी दगुराउने अनुभव म आङगुस र कुमार भाईलाई थियो । फोकुलको वतारणमा १०मिनेट आराम गर्दै गर्दा साथीहरुले हात दुख्यो ब्रेक लगाउदा  लगाउदा भने। १४जना टिमको साईकलमा केहि समस्या देखा परेमा कुमार भाई साईकल मेकानीक्स थिए। उ जहिले पनि अन्तिमा हुन्थे।



रिकदुम गाउको घुमाउरो बाटोमा साईकल कुदाउनको आनन्द बेतोडको हुँदै थियो। दुधकोशी नदी आफ्नै लय लिएर सुसाउदै गुनगुनाउदै गरेका दृष्य देखे पछि आङगुस भाईलाई सुनाए लिब्जु ट्रेलको थप आकर्षण हो। घासे काट्दै गरेका गाउलेहरु पनि बाटामा देखिन्थे। बाख्रा गोठालेहरु पाखामा बाख्रा चराई रहेका देखिन्थे।सिधै पारी तल्लो रिचुवा गाउको खेतबारीमा हरियाली गहुँ बारी देखिन्थ्यो। गोठालेहरु सुईया र खुँईया पार्दै हामीलाई हेरिरहेको पनि देखिन्थे। पशुबगरमा आईपुग्दा सबैको अनुहारमा खुशीका रसले गदगद भएका देखिन्थे। दुधकोशी र रम्दु खोलाको पानीमा टाउको नुहान थाले। बगरे ढुंगामा आराम गर्दै भिडियो र फोटो खिच्न थाले।


सिठ्ठेनी घागी नजिकै सुखा पहिरोले गर्दा साईकल बोक्ने अभ्यास

सिठ्ठेनी घागीको पाटामा सुखा पहिरोले बाटो अवरोध भएकाले सबैले साईकल बोक्नुको उपाए बाहेक अन्य बिकल्प थिएन्।दुधकोशी नदीलाई बाँया राख्दै धुलो छर्कदै जयरामघाटमा ३बजे पुग्यौ। होटल बोडम मा असला माछा संग खाना खायौ। ओरालो बाटोमा साईकल दबाउदा पेट पुरै ओडार भई सकेकाले सबैले भोकको जोसमा ३ पटक खाना थप्दै मन्द गतिमा बहेको दुधकोशी बगेको हेर्दै खकुलो पटलाई डम्म बनायौ। गह्रो पेट बनाई ४बजे जयरामघाट बाट तल्लो रिचुवा गाउतिर लाग्यौ। तल्लो रिचुवा निवासी रिलदुक भाईले हाम्रो साईकल ट्रेलको ड्रोन बाट भिडियो लिनलाई प्रयास गर्दा हावाले ड्रोनलाई खयार घारीमा भित्र लगेकाले भिडियो लिन नसकेको कुरा बोडम होटलमा खान्की खादै गर्दा सुनाए ।


होटल बोडमा खानाको प्रतिक्षामा मानेभञ्ज्याङ साईकल टोली

बाटो पुरै उकालो भएकाले बेसी पाखाका कुईनेटामा पुग्दा थाकेर लोथ भएका थियौ। तल्लो रिचुवा गाउको तित्रीको फेदमा पुग्दा मामा मोहन थापा मगर(बिजुली माईला) ज्यूले खयरको चिया मिनरवाटर कोक फ्यान्ट र ड्यूका बोटलले न्यानो आतिथ्य गर्नु भयो। पसिनाले लुथ्रुक भएको ज्यान पिय पदार्थ र दुधकोशी बाट उठेर आएको चिसो पवनले स्पर्श गर्दा सबैको मुहारमा हर्षको तरंग देखिन्थ्यो।सूर्यको प्रकाश भुब्जुको शिरमा मित लगाउदै गएको देखिन्थ्यो। हाम्रो आतिथ्यको लागि धेरै नै आभारि छौ भन्दै बिजुली माईला मामा जी धन्यवाद दियौ। तल्लो रिचुवा गाउबाट ९जना साईकल यात्री ट्याक्टरमा आउने योजना बनाए। ट्याक्टर नआउनजेल म साईकल डोराउदै घुम्तितिर लागे। साधनेको घुम्ति आईपुग्दा ट्याक्टर झर्दै थिए। आङगुस कुमार गने साईकल चढ्दै पोखरी टार बाट साईल दबाउन थाले। म थाकेर लोथ भएकाले पोखरी टार बाट ट्याक्टरमा चढे। १०जना ट्याक्टरमा चढेर अडिमर्दन चोकमा पुग्दा साँझको ७३० भएको थियो। बाँकी ४ जना साईकल दबाउदै ८बजे आईपुगे। सबै आफ्ना घर तिर लागे। कुमार आङगुस र गने भाई साँस्पुले भ्याल्ली मेरो घर तिर झर्यौ। छिप्पेको साँझमा ३पाने र मकै भटामास खाँदै फेसबुक चलाउदै गफीदै साँझको ११ बजे सम्म बस्यौ।


तल्लो रिचुवाको तित्रिको चौतारामा थकान भुलाउदै 



आङ्गुस भाई तित्रीको चौतारामा थकान र मित्रहरुको गफगाफ सुन्दै




Thursday, November 25, 2021

200किलो मिटर ब्याकुल माईला माउण्टेन बाईक ट्रेल

 

12 Nov2021

KTM-Mulkot

100KM



बौद्ध स्तुपालाई एक चक्कर लगाए। बौद्ध गेट बाट ६ बजे साईकल गुडाए। सूर्यको उषा नतङ्ग्रिदै चाबहिल तिर मोडिए। फ्याँट फुट्ट भेटिने देखिने बिजुलीका खम्बामा बलेको प्रकास मुनि साईकलमा गुड्दै गौशला आईपुग्दा मिरमिरे बिहानीले बिदाई गरि सकेको देखिन्थ्यो। सवारी साधनले कालो मुश्लाका धुँवाहरु ओकल्दै गरेका देखिन्थे। धुलोको पाउण्डर छर्की रहेको देखिन्थ्यो पूर्व जाने गाडीहरुको भेलाले कोटेश्वरको वतावरणमा। ६३० बजे कोटेश्वर चोकमा पुग्दा राम कुमार राई र कुमार मगर भाई आईसकेका थिएन्। फोन गरे आउदै गरेको बताए।

२००किलो मिटर ब्याकुल माईला माउण्टेन बाईक ट्रेल काठमाण्डु देखि मानेभञ्ज्याङको लागि गुड्न अगाडि सामुहिक तस्विर खिच्यौ। पुर्व जाने गाडीको तातीलाई छिचोल्दै ६५५बजे कोटेश्वर बाट भक्तपुर तिर सोझियौ। खुल्ला सडक भएता पनि चिसो वतावरणले झापट दिदै थियो। ८बजे साँगा भञ्ज्याङमा पुग्यौ। रारा चाउचाउ अण्डा र कफी खाजा खायौ। खकुलो भएको पेट डम्म बनायौ। हसेरा होम स्टेमा खाना खाने योजना बनायौ। साँगा भञ्ज्याङ बाट ९बजे हिड्यौ। सूर्यको प्रकास छिप्पि सकेको थियो तर चिसो वतावरण थियो। सडकमा पुर्व जाने सवारी साधनहरुको उपस्थिति बाग्लो हुँदै गईरहेको थियो। सावधानीका साथ धुलिखेलका बाङ्गा टिङ्गा धुम्ति अनि उकालो छिचोल्दै काभ्रे भञ्ज्याङ कटी सके पछि रहर लाग्दो हिमालहरुको पंक्ति देखिन  थाल्यो। हसेरा होम स्टेमा पुग्दा १० बजेको  थियो। सूर्यको प्रकासले चौतर्फी ढाकी सकेको थियो । पात्ले गाउको हसेरा होमे स्टेको शान्त अनि स्वच्छ वतावरणलाई तर्साउने गरि रहेका सुनिन्थे छेवैको बिपी राजमार्गमा गुडेका सवारी साधनहरुले। हसेराको दलान बाट क्षितिज संग कुम जोडेर बसेको देखिन्थे हिमपर्वतमालाको लस्करले।



खाना खाई साईकल चढ्न लाग्दा ट्युव लेस टायर लाई सिसाले सानो प्वाँल बनाए छ। ट्युव परिवर्तन गरे। २ वटा फाल्टो ट्युव बोकेको थिए। बोकेको थिएन् भने यो ट्रेल बरबाद हुने थियो भन्दै राम कुमार राई र कुमार मगर भाईलाई सुनाए । पुर्व जाने सवारी साधन गई सकेकाले राजमार्ग खाली देखिन्थे। बाटो पुरै ओरालो भएकाले ४० मिनेटमा रोशी खोलामा पुग्यौ। रोशी खोला कञ्चन देखिन्थ्यो। वारीपारी काटेर राखेका धान देखिन्थ्यो। थुम्का बाट चिप्लिएर खसेको सूर्यको प्रकासले न्यानो थपी दिएको थिएन्। बेला बेलामा रोशीखोला वारीपारी गाउलेहरु धान झारी रहेका देखिन्थे। रोशी खोलाको सुस्केरा सुन्दै साईकलमा गुडि रहदाको आनन्द बिछट्टै भई रहेको थियो । थकान को अनुभूति भईरहेको थिएन्। सधै गाडी वा मोटर साईकलमा गुड्दाको भन्दा साईकलमा गुड्दाको मज्जा अर्कै भन्दै नेपालथोकमा कफी खानका लागि रोकियौ। कफि अडर गर्दै गर्दा सूर्य भिम नानीबाबु र मिन भाई पनि आईपुगे। उहाँहरु हाम्रा सहयोगी हुन् । ट्रेलको ब्यावस्थापन हेर्ने समुह। संगै बसेर कफी खायौ। रोशी खोलालाई बिदाई गर्दै सुनकोशी नदीको गड्तीर का दृष्य नियाल्दै साईकलका दबाउदै गर्दा कुमार भाईको प्याँडल खुस्क्यो। गणेस्थान सम्म नानीबाबुको मोटरसाईकले बोके। वेल्डिङ गरे पछि पुनः कुमार भाई हामी संग जोडिए। मुलकोट ३३०बजे पुग्यौ। १०० किलो मिटर दुरी साईकल बाट छिचोल्यौ भन्दै खुशीको तरंग सबै संग साट्यौ। मुलकोटको होटल कुपनडोल थकाली किचनमा बस्यौ। कफी मःम खादै आनन्दित हुँदै गफिदै बस्यौ। गोधुली साँझको आगमन संगै सबैले नुहायौ। शुक्रवार भएकाले काठमाण्डु र अन्य स्थान बाट आएका आगन्तुक हरुको पनि हल्का चहलपहल देखिन्थ्यो। माछाको सुप संग साँझको खाना खायौ। भोलि बिहान ५ बजे उठ्ने सल्लाह गर्यौ। ९ बजे बिस्तारामा ढल्कनै बित्तिकै निदाए छु।

 

 

13Nov 2021

Mulkot-Manebhanjyang

200KM

मुलकोट बाट ५२०बजे निस्क्यौ। चिसो वतारण थियो। सुरुमै उकालो बाटो भएकाले सास स्वाँ स्वाँ र फ्वाँ फ्वाँ गर्दै उक्लिदै थियौ। उज्यालो हुने सुरसार गरेको देखिदैन्थ्यो। सुनकोशी नदीले हल्ला गरेको सुनिदैन्थ्यो । तीन घुम्ति उक्लिदा बल्ल मिरमिरे बिहानी हुने प्रयास गर्दै गरेको देखिन्थ्यो। फ्याँट फुट्ट सवारी साधन ओहोर दोहोर भएका भेटिन्थे।



ऐना राखिएको स्थानमा पुग्दा चिसो सिरेटो चलेको थियो। मन्दिरमा कुमार भाईले पुजा गर्नका लागि साईकल अड्याए। राम भाई र मैले ओरालोमा साईकल दबाउदै गयौ। राजमार्गमा सवारी साधन नभएकाले होसियारीका साथ गुडाउन आवश्यकता थिएन्। चौतर्फी चिसो र निलो आकास देखिन्थे। सूर्योदय हुनका लागि कुनै छाटकाट देखिदैन्थ्यो। मुलकोट देखि ऐना राखिएको थुम्का उक्लिनु पर्दा ज्यान थरक्क भई सकेको थियो । त्यस पछि बाटो पुरै ओरालो र तेर्सा भएकाले ज्यानले राहात हुँदै गर्दा रातमाटे आउनै लाग्दा उकालो बाटोमा ज्यानले अर्को मेहनत गर्नु परि रहेको थियो। रातमाटे थुम्का उक्लि सक्दा पसिनाले ज्यान भिजि सकेको थियो। डाँडा थुम्कामा सूर्यको पहेलो उषा बोकेर ओरालो झर्दै गरेको देखिन्थ्यो। रातमाटेका ब्यापारीहरु डोकामा समान लिएर आउदै गरेका देखिन्थे। पानी पिउदै थकान भुलाउदै १०मिनेट आराम गर्यौ।













रातमाटे देखि बाटो ओरालो भएकाले ४५ किलो मिटर प्रति घण्टाले हाम फाल्न थाल्यौ। खुर्कोट बजार आईपुग्नै लाग्दा ओरालो अनि नागबेली घुम्तिहरुमा सुनकोशी नदीको चिसो हावाको स्पर्स लिदै ५०किलो मिटर प्रति घण्टाको दरले ओरालोमा साईकलमा गुड्दाका आनन्द लिदै गर्दा खुर्कोटमा ६३०बजे पुग्यौ। कफी अडर गर्दै गर्दा सूर्य नानीबाबु र मिन भाई आईपुगे। अण्डा रोटी आलु चना र माछाको सुप खाई ज्यान अडिलो बनायौ।

चिसो वतावरण थियो। ८बजे खुर्कोट बाट साईकल गुडायौ। मध्य पहाडी लोकमार्गमा सवारी साधन गुडेका थिएन्। सुरक्षाको दृष्टिकोणले सुरक्षित थियो। यसपालीको बर्षाले धेरै स्थानमा पहिरो गएकाले सडक बिगारेको भेटिन्थ्यो। तीन ठाउमा उकालोले गोल्टार आईपुग्दा हुरुक्क भएका थियौ। त्यस पछि बाटो ओरालो भएकाले थकित ज्यानलाई राहत दिलाउन थाल्यो। मुर्की बेसीको उकालो बाटोमा१५मिनेट साईकल डोराउन थाल्यौ । कुडुलेको ओरालोमा साईकल हाम फालेको जस्तै गरि गुडादाको मोज बिछट्टै थियो।



नानीबाबुको बाईकमा कुमार भाईको साईकलको प्याडल खुस्केकाले फेरि बोक्न पर्यो। नवलपुरमा वेल्डिङ गरे। नवलपुर बाट बाटो सिधै ओरालो तेर्स्रो भएकाले सोखु खोला पुग्न सजिलो अनुभव भईरहेको  थियो। नारिम खोलाको ओरालमा साईकल दबाउनु पाउदको आनन्द अर्कै हुँदै थियो। कुमार भाई अगाडि बढे। मिन मगरलाई सोखु खोलामा खाना बनाई राख्नका लागि बिहानै पठाएका थियौ। मोटर साईकलम ३०मिनेट लाग्ने गाउ बाट ल्याएको लोकल भाले भुटभाट गर्दै छु भन्दै मिन भाईले सुनाए। सोखु खोलामा पुग्दा १२ बजेको थियो। भोकले लोथ भएर जुस खाएर आएको भन्दै राम भाई पनि १०मिनेट पछि आईपुगे। भोक को जोसमा ६ कोसा केखा खायौ। लोकल भालेको सुप संग खाना गजबले खायौ। सोखु खोलाको खान्कीले भोकलाई धपाए पछि २बजे सोखु खोला देखि हिड्यौ। हर्कपुरमा ३०मिनेटमा पुग्यौ। भडारे खोला पुग्दा ३बजेको थियो। घामले हैलन्ठु बनायो। पसिनाले आलासतालस बनायो। भडारेखोलामा मुख धोयौ। घाम ढल्के पछि मात्र उकालो लाग्ने योजना बनायौ । खोलामा एक घण्टा आराम गर्यौ। घडीको सूर्यले ४ बजेको देखाए पछि उकालो घुम्तिमा खुईया गर्दै साईकल डोरायौ। थाकेर लोथ हुँदै मितेरी भञ्ज्याङ पुग्दा गोधुली साँझले स्वागत गरि सकेको थियो। वतावरण चिसो हुँदै गईरहेको थियो। ब्याकुल माईलाको गाउमा प्रवेष गर्यौ भन्दै खुशीले हिलापानीका घुम्ति सडकमा साईकल डोराउदै उक्लिदै रह्यौ। हिलापानी गाउको सिरानको थुम्का आईपुग्दा झम्के साँझ भईसकेको थियो। चकमन्न रातमा बिजुली बत्तीको प्रकासले हिलेपानी गाउको सौन्दर्य रहर लाग्दो देखिन्थ्यो। गोगन पानी निस्कनको लागि तीन ठाउमा बिसाउदै पुगेका थियौ। बिसाउदा भुसुक्कै निदाएका पनि थियौ। ज्यादै लण्ठु भएको थियो। साँझको ८३०बजे थाक्लेमा पुग्यौ। वाई वाई खाई ज्यानलाई फुर्तिलो बनायौ। ९३० बजे तल्लो थाक्ले बाट मानेभञ्ज्याङ तिर लाग्यौ। चकमन्न रातमा आनन्दित हुँदै साईल दबायौ। मानेभञ्ज्याङको साँस्पुले भ्याल्लीमा साँझको १०३० बजे पुग्यौ। २०० किलो मिटर ब्याकुल माईला माउण्टेन बाईक ट्रेल समाप्त भएको खुशी राम कुमार राई कुमार मगर र मैले साटासाट गर्यौ। तातो पानीमा नुहाई धुवाई गरि लोकल तिन पानेको स्वाँद लिदै ईन्टरनेट चलाउदै गफीदै रातको १बजे सम्म बस्यौ।   

Monday, February 1, 2021

स्वर्णिम दिनहरु

पल्टनको समाजमा साब र गुरुजीहरुको निवासमा नेपाली पर्वमा जमघट गर्नको ती दिनहरुलाई आज नियाल्दै जादा। 













HULAKI RIDING TRAIL 2024 हुलाकी राईडिङ ट्रेलको दैनिकी

 23FEB 2024 काठमाण्डु - नवलपरासी   DAY-1 0730Hrs टोखाबाट नुवाकोटको लिखु गाउ हुँदै गल्छि निस्कनका लागि गुड्यौ । हुलाकी राईडर ५ जना छौ । कृषि ...